२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँको भानुमा प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित



Nepali Congress
अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी हुनुभएको छ ।

त्रिपाठीले १२ हजार २५२ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उपप्रमुखमा गोतामे १० हजार ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले पाँच हजार ८१७ मत प्राप्त गर्नुभएको छ । ४० हजार ९६६ मतदाता रहेको भानुमा २५ हजार ५७२ मत खसेको थियो ।

तेह्र वडामध्ये कांग्रेसले नौ, एमालेले दुई र स्वतन्त्रले दुई वडामा विजय हासिल गरेको छ । भानु–१ को वडाध्यक्षमा कांग्रेसका कान्छीमाया तामाङ, वडा नं २ को अध्यक्षमा एमालेका केशव त्रिपाठी, ३ को अध्यक्षमा कांग्रेसका तुलकुमार गुरुङ, ४ को अध्यक्षमा कांग्रेसकै अर्जुनबहादुर बोहोरा, ५ को अध्यक्षमा कांग्रेसका नहकूल अधिकारी, ६ को अध्यक्षमा कांग्रेसका धीरेश खनाल, ७ को अध्यक्षमा कांग्रेसका खुमप्रसाद श्रेष्ठ, ८ को अध्यक्षमा कांग्रेसका ईश्वरबहादुर घिमिरे, ९ को अध्यक्षमा एमालेका मिन गुरुङ, १० को अध्यक्षमा कांग्रेसका हरिहर उप्रेती, ११ को अध्यक्षमा स्वतन्त्रका विमलराज जोशी, १२ को अध्यक्षमा कांग्रेसका बेलबहादुर अधिकारी र १३ को अध्यक्षमा स्वतन्त्रका कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ ।