२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा



अ+ अ-

उदयपुर । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ ।

दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको मतदान गर्ने अधिकार नै हनन हुन पुगेको त्रियुगा–१२ का मतदाता बताउँछन् ।

मतदान गर्न लाइनमा बसिरहेका मतदातालाई बेलुकी ४ बजे सो मतदान केन्द्रका मतदान अधिकृतले वर्षा र विभिन्न प्राविधिक कारण देखाउँदै मतदान स्थगित गरिएको तथा पुनः उपयुक्त समयमा मतदान हुने भन्दै फर्काएको तर अहिलेसम्म मतदान गर्न नपाएपछि यस क्षेत्रका मतदाताले आफूहरुको मतदान गर्ने अधिकार हनन् भएकामा गुनासो गर्न थालेका छन् ।

तीन हजार २६७ मतदाता रहेको त्रियुगा–१२ मा सो दिन दिनको २ बजेसम्ममा एक हजार ६०० मात्र मतदान भएको थियो । मतदान अधिकृतको लापरवाही तथा कर्मचारीको लापरबाहीका कारण मतदान गर्ने/गराउने कार्य ढिलाइ हुँदा आफूहरुले मतदान गर्नबाट समेत बञ्चित हुन परेको मतदाताको गुनासो छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राममणि पोखरेल र नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव किरण राईले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै छिटो पुनः मतदान गर्न र मतदाताको मतदान गर्ने अधिकारको सुरक्षा हुनपर्ने माग गर्नुभएको छ ।