२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी



अ+ अ-

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा ९एमाले० का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख पदमा पवित्रा महताराले नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरिन् ।

महताराले १६ हजार ५२० मत ल्याउँदा पराजित सिटौलाले १२ हजार ७६२ मत हासिल गरे । झापा जिल्लामा नगरप्रमुख बन्ने पहिलो महिला बनेकी छन् । उनी अघिल्लो कार्यकालमा सो नगरपालिकाको उपप्रमुख थिइन् ।

उपप्रमुखमा एमालेकै नगेन्द्र संग्रौला १५ हजार ५८६ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार चन्द्रप्रसाद कडरियाले आठ हजार ४५१ मत मात्र पाए ।




भर्खरै