२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य सुरक्षाको समस्या समाधान गर्न सामूहिक पहलको खाँचो- नियोग प्रमुख राई



अ+ अ-

वासिङ्टन डिसी । नेपालले विश्वव्यापीरुपमा बढ्दो खाद्य सङ्कटको समाधानका लागि द्वन्द्वरत पक्षको राजनीतिक समाधान खोज्दै शान्ति र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ ।

साथै खाद्यान्न, इन्धन र मलखादको खुला बजार निर्देशित आपूर्ति गर्दै ठूला सीमित देश वा व्यापारिक समूहले नियन्त्रण हुने अवस्थालाई निरुत्साहित गर्नुपर्ने कुरामा विश्वको ध्यानाकर्षणसमेत गराएको छ ।

न्यूयोर्कमा बिहीबार आयोजित राष्ट्रसङ्घको सुरक्षा परिषद्को खुला छलफलमा नेपालको धारणा राख्दै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख अमृत राईले खाद्य सङ्कटको समाधानका लागि कृषि खाद्य प्रणालीलाई ग्रामीण भेगका साना किसानको सहभागितामा कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले खाद्य र पेट्रोलियम पदार्थको मूल्यले खाद्यान्न आयातमा विकासशील देशले दबाब झेल्नु परेको र त्यसमा नेपाल पनि अछुतो नरहेको विश्व समुदायलाई जानकारी गराउनुभयो ।

कोरोना महामारीका कारण धेरै देश सङ्कटको चर्को दबाबमा परिरहेका छन्, क्रय क्षमतामा ह्रास आइरहेको छ । “विदेशी मुद्रा सञ्चितिमा र मुद्रा विनिमयमा समेत देशलाई दबाब परेको छ”, राईले थप्नुभयो, “यस्तो अवस्थामा महिला, बालबालिका र जोखिममा रहेका नागरिकको अवस्थामा थप जटिलता थपिनेछ ।

उहाँले भन्नुभयो, “खाद्य सुरक्षासँग जोडिएका विषय तेलको मूल्यवृद्धि, विश्वव्यापीरुपमा आर्थिक सङ्कट, मुद्रास्फीति र आपूर्ति व्यवस्थालाई सन्तुलितरुपमा राख्नका लागि क्षेत्रीय र विश्वव्यापीरुपमा समन्वयको खाँचो रहेको छ । “राईले अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई विकासशील देशलाई वित्तीय तथा मौद्रिक सङ्कटमा जुध्न सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, “वित्तीय र मौद्रिक सङ्कट झेलेका देशलाई वैदेशिक मुद्रा सञ्चितिमा चाप र वित्तीय सङ्कटका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्नुपर्छ ।”

राष्ट्रसङ्घको सुरक्षा परिषद्मा ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्न द्वन्द्व र खाद्य सुरक्षा’ विषयक बैठकमा विभिन्न देशका मन्त्रीले आफ्नो धारणा राखेका थिए । बैठकको अध्यक्षता संयुक्त राज्य अमेरिकाको तर्फबाट यहाँका विदेशमन्त्री एन्थोनी व्लिेकनले गर्नु भएको थियो ।

राष्ट्रसङ्घीय नियोग खाद्य तथा कृषि सङ्गठनले कोराना महामारीका कारणले सन् २०२० मा थप ३२ करोड मानिसले खाद्य सङ्कटको सामना गर्नुपरेको प्रतिवेदन हालै सार्वजनिक गरेको थियो । हाल विश्वका करिब दुई अर्ब ३७ करोड मानिसले पर्याप्त खाना खान पाउँदैनन् भने त्यसमध्येका करिब ६० प्रतिशत जनसङ्ख्या द्वन्द्वग्रस्त क्षेत्रमा बस्न बाध्य रहेका छन् ।

–मधुकर अधिकारी/रासस




भर्खरै