२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै वडामा तीन हजार ७४१ मतमा ९०६ बदर



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो ।

बदर भएको उक्त मत उपप्रमुखको हो । तुलसीपुर–५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताउनुभयो । उहाँका अनुसार यो बदर मत अत्यधिक हो ।

त्यस्तै तुलसीपुर–४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर–४ बाट ८६१ मत बदर भए । तुलसीपुर–१ बाट ३९६, तुलसीपुर–२ बाट ३६४ मत बदर भएका छन् । यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उहाँले बताउनुभयो ।