२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी



अ+ अ-

बलेवा । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका , काठेखोला , बडीगाड, तमानखोला र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सो पार्टीले विजय हासिल गरेको हो । यसैगरी नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका रे ढोरपाटन नगरपालिको जितेको छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका चार स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको थियो । जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङमा वसन्तकुमार श्रेष्ठ, काठेखोलामा राजु थापा, गलकोटमा भरत शर्मा गैरे, बडीगाडमा गण्डकी थापा अधिकारी, तमानखोलामा जोकलाल बुढा र निसीखोलामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।

यसअघि जैमिनी, गलकोट , निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिका , जैमिनी र ढोरपाटन नगरपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ ।

जैमिनीमा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटनमा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गर्नुभएको छ ।

तमानखोलामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित हुनुभयो भने बरेङमा दिलीपकुमार पुन र ताराखोलामा भीमबहादुर रोकाले जीत हासिल गर्नुभयोे ।

जैमिनीको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित हुनुभयो । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जित्नुभयो । ताराखोलाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङको उपप्रमुख, गलकोटको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्ष जित्नुभयो भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जित्नुभयो ।

अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।

बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जीत हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।

एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् ।




भर्खरै