२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



अ+ अ-

काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी हुनु भएको छ । कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर बिजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सागरकुमार थापा २१ हजार ४ सय ५५ मत प्राप्त गर्नुभयो । उहाँहरुको मतान्तर ८ हजार ७ सय १५ रहेको थियो ।

यसै गरी उपप्रमुखमा एमालेकी शिल्पा निराला कार्की विजयी हुनु भएको छ । उहाँले २५ हजार ६ सय ८० मत प्राप्त गर्नुभयो । कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत प्राप्त गर्नुभयो ।