२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यास नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस अग्रस्थानमा



अ+ अ-

तनहुँ । व्यास नगरपालिकामा बुधबार साँझदेखि थालेको मतगणना हालसम्म जारी रहेको छ ।

कूल खसेको तीस हजार २४७ मतमध्ये चौबीस हजार १८७ मतगणना कार्य सम्पन्न भएको छ । शनिबार दिउँसोसम्म स्वतन्त्र उम्मेदवारले अग्रता कायम गर्दै आए पनि साँझदेखि नेपाली कांग्रेस अग्रस्थानमा रहेको छ ।

आज बिहानसम्मको मतपरिणाम अनुसार कांग्रेसका बैकुण्ठ न्यौपानेले नौ हजार ८२२ र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले नौ हजार ६०६ मत पाउनुभएको छ । कांग्रेस २१७ मतले अग्रस्थानमा रहेको छ ।

त्यसैगरी उपप्रमुखमा कांग्रेसका इन्दिरा दरैले दश हजार ९१३ र एमालेकी बसुन्धरा घर्ती आठ हजार ३०७ मत पाउनुभएको छ । दरै दुई हजार ६०६ मतले अग्रस्थानमा हुनुहुन्छ । व्यासमा चौध वडा रहेका छन् । अब कूल छ हजार ६० मतगणना गर्न बाँकी छ । सोमबार बिहानसम्म सबै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार
भर्खरै