२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस



Nepali Congress
अ+ अ-

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै कांग्रेस पहिलो ठूलो पार्टी बनेको छ ।

जिल्लाको १० पालिकामध्ये पाँच पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुखसहित कांग्रेस उक्त सङ्ख्यामा विजयी भएको हो । दश पालिकामा प्रमुख र उपप्रमुख गरी जिल्लाभरी बीस जना उम्मेद्वार विजयी भएको जिल्ला निर्वाचन कार्यालयकी कम्पयुटर अप्रेटर दुर्गामाया आलेले जानकारी दिनुभयो ।

वडाध्यक्ष ८५, महिला सदस्य ८५, दलित महिला सदस्य ८५ र वडा सदस्य १७० गरी कूल ४४५ जना उम्मेदवार विजयी भएको उहाँले बताउनुभयो । कांग्रेस वडाध्यक्ष ४६, महिला सदस्य ४७, दलित महिला सदस्य ४७ र वडा सदस्य १०० मा विजयी भएको छ ।

त्यसैगरी नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेबाट चार प्रमुख र दुई उपप्रमुखसहित १५५ सिटमा विजयी भएको छ । वडाध्यक्ष २८ महिला र दलित महिला ३२/३२ र वडा सदस्य ५७ सिटमा विजयी गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले एक प्रमुख र तीन उपप्रमुखसहित ३४ सिटमा विजयी भएर तेस्रो स्थानमा रहेको छ । वडाध्यक्ष सात, महिला सदस्य पाँच, दलित महिला सदस्य छ र वडा सदस्य १२ वटामा विजयी भएको हो । त्यसैगरी, स्वतन्त्रबाट चार वडाध्यक्ष, एक महिला सदस्यमा विजयी भएको छ भने राप्रपाले एक वडा सदस्यमा विजयी भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।