२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा यो मेरो अन्तिम कार्यकालः नवनिर्वाचित मेयर दाहाल



file photo
अ+ अ-

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।

मंगलबार मतपरिणाम सार्वजनिक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने प्रस्ट पारेकी हुन् ।

उनले भनिन् ‘पाँच वर्षमा राम्रो अनुभव हामीले प्राप्त गर्यौँ, त्यसै अनुभवको आधारमा अबको पाँच वर्ष स्थानीय तहको प्रमुखको रुपमा यो मेरो अन्तिम कार्यकाल हो । मैले अन्तिम पटकका लागि जुन अवसर पाएको छु यसलाई एक सेकेन्ड पनि खेर नफालेर आफूले भ्याएसम्म जनतालाई निराश हुन दिनेछैन ।’

आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनलाई प्राथामिकतामा राखेर काम गर्ने उनको भनाई छ । आफ्नो दोस्रो कार्यकाल शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा केन्द्रित हुनेमा उनले जोड दिइन् ।