२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा र स्वास्थ्य क्षेत्रमा सेनाको उच्च प्राथमिकता : प्रधानसेनापति शर्मा



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताउनुभएको छ ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौँको १०औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानसेनापति शर्माले सेनाले दिएको प्राथमिकताबाट शिक्षा र स्वास्थ्यमा सकारात्मक फाइदा लिन सबैमा आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय पठनपाठनलाई निरन्तरता दिँदै विद्यार्थीको नैतिक पक्षलाई सबल बनाउन संस्थानलाई सुझाव पनि दिनुभयो ।

प्रधानसेनापति शर्माले कुनै पनि संस्थाको समयानुकूल विकास, सुदृढीकरण र आधुनिकीकरण अपरिहार्य हुने हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिकित्सा क्षेत्रमा भइरहेको द्रुत विकास, अनुसन्धान तथा प्रयोगलाई आत्मसाथ गरी संस्थानलाई अगाडि बढाउन आग्रह गर्नुभयो । आधुनिक प्रणालीको शिक्षण पद्धति अङ्गाल्नेतर्फ संस्थान उम्मुख हुनुपर्नेमा उहाँको जोड थियो ।

नेपालको समग्र शैक्षिक अवस्थालाई अभिवृद्धि गर्ने पवित्र कार्यमा संस्थानलगायत अन्य शिक्षण संस्थानमार्फत थोरै भए पनि योगदान गर्न पाउनु नेपाली सेनाका लागि गौरवको विषय बनेको उहाँको भनाइ थियो । उहाँले भविष्यमा यस्ता शिक्षण कार्यको परिधिलाई फराकिलो पार्दै थप कार्यक्रम ल्याउने कुरामा संस्थानले अझै कोशिष गर्ने अ‍ेपक्षा राख्नुभयो ।

संस्थानले हालको उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको चिकित्सका शिक्षा दिनेमा विश्वस्त रहेको शर्माले बताउनुभयो । उहाँले गुणस्तरयुक्त मेडिकल शिक्षा दिने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो ।

समारोहमा संस्थानका कार्यकारी निर्देशक प्रा डा नगेन्द्रबहादुर केसीले सैनिक कल्याणकारी योजनाअन्तर्गत स्वास्थ्य शिक्षाको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विसं २०६८ मा संस्थान स्थापना भएको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्राडा दिव्यसिंह शाहले संस्थानले मुलुकका सैनिक परिवारका विद्यार्थीका साथै दक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

प्राविधिक शक्षिा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले शिक्षा आर्जनका लागि विद्यार्थीबाट मात्रै वार्षिक ४३ अर्ब बाहिरिरहेको सन्दर्भ जोड्दै त्यसलाई रोक्नतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले सरकारले ऐन, नियममा भएका कमिकमजोरी हटाउन सुधारको प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो ।

समारोहमा संस्थानको चिकित्साशास्त्र महाविद्यालयका प्राचार्य प्राडा इभा श्रेष्ठ, पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङकी धर्मपत्नी कमला गुरुङ, संस्थानको कलेज अफ मेडिकल पोलिटेक्निकका प्राचार्य डा सुधासेन मल्ललगायतले धारणा राख्नुभएको थियो ।

समारोहमा संस्थानको स्थापना कालदेखि नै सहयोग गर्दै आउनुभएका प्राडा हरिगोविन्द श्रेष्ठ, प्रथम कार्यकारी निर्देशक प्राडा प्रकाशराज पाण्डे र पूर्व प्रधानसेनापति छत्रमान सिंह गुरुङलाई सम्मान गरिएको थियो । सोही क्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजेता र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।