२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी



अ+ अ-

नवलपुर । स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो ।

आठ स्थानीय तहका ९२ वडा रहेको नवलपुरमा एमालेले जम्मा २६० पदमा जित हासिल गरेको छ । एमालेले तीन नगरपालिकामा प्रमुख–उपप्रमुख दुवै पद, तीन गाउँपालिकामा अध्यक्ष र दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ । त्यस्तै ४८ वडामा वडाध्यक्ष, ९९ खुला सदस्य, ५१ महिला सदस्य तथा ५१ जना नै दलित महिला सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । नवलपुरमा एमालेका ५४ दशमलब ६२ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएका छन् ।

जिल्लामा नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेस २०३ जनप्रतिनिधि निर्वाचित गराउँदै जिल्लामा दोस्रो ठूलो पार्टी बनेको हो । नवलपुरमा कांग्रेसले एउटा नगरपालिकामा नगरप्रमुख–उपप्रमुख दुवै पद, एउटा गाउँपालिका अध्यक्ष तथा दुई गाउँपालिका उपाध्यक्षमा जित निकालेको छ । जिल्लाका ४१ वडामा कांग्रेसका तर्फबाट वडाध्यक्ष, ८० खुला सदस्य, ३८ महिला सदस्य तथा ३९ दलित महिला सदस्य निर्वाचित भएका छन् । जिल्लाका स्थानीय तहमा कांग्रेसको जनप्रतिनिधिको उपस्थिति ४२ दशमलब ६५ प्रतिशत रहेको छ ।

जिल्लामा नेकपा (माओवादी केन्द्र)ले दुई वडाध्यक्ष, दुई महिला सदस्य र एक दलित महिला सदस्य गरी जम्मा पाँच जनप्रतिनिधि मात्रै जितेको छ । यहाँको स्थानीय तहमा माओवादी केन्द्रका जनप्रतिनिधिको उपस्थिति एक प्रतिशत मात्रै रहेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा एउटा वडाध्यक्ष, चार खुला सदस्य, एक महिला सदस्य र एक दलित महिला सदस्य गरी सात जनप्रतिनिधि जितेको छ । राप्रपाको जिल्लाका स्थानीय तहमा उपस्थिति एक दशमलब ४७ प्रतिशत रहेको छ ।

त्यसैगरी नवलपुरमा राष्ट्रिय जनमोर्चाले एक खुला सदस्य जितेको छ भने जिल्लाको स्थानीय तहमा राष्ट्रिय जनमोर्चाको उपस्थिति शून्य दशमलब २१ प्रतिशत रहेको छ ।