२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोली हानी गोलेको हत्या, थोकर पक्राउ

बागमती। मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो । ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहनुभएका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो