© 2023
ढाका। बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनका क्रममा एक लाख ५० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिने र देशभरका आधाभन्दा बढी मतदान केन्द्र हिंसाको जोखिममा रहेको चेतावनी दिनुभएको छ । प्रहरी अभिलेखअनुसार डिसेम्बर ११ देखि फेब्रुअरी ९ सम्म चलेको चुनावी अभियानको अवधिमा भएका राजनीतिक झडपमा पाँच जनाको मृत्यु भएको छ