© 2023
पर्सा। जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन् । प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ ।