१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने

काठमाडौँ। आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिनुभयो ।