© 2023
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिक इतिहासलाई स्मरण गर्दै अब हिंसात्मक संघर्षको पुनरावृत्ति हुन नदिन साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विगतका आन्दोलन, संघर्ष र बलिदानलाई सम्झँदै राष्ट्र निर्माणको यात्रामा नयाँ विश्वास र आशा जगाउनुपर्नेमा जोड दिएका