© 2023
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘जन्मदिन अक्षयकोष’ स्थापना गरेको छ । फजुल खर्च गरेर भड्किलो शैलीमा जन्मदिन मनाउने चलनलाई निरुत्साहित गरी विपन्न विद्यार्थीको पठनपाठनमा सघाउने उद्देश्यले स्थापना गरिएको सो कोषको आइतबार औपचारिक रुपमा घोषणा गरिएको हो । विद्यालयका प्रधानअध्यापक भीम घर्तीले शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थीहरुको जन्मदिनको अवसरमा कोषमा