२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

मस्को। मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा पेरिसलाई एक प्रस्ताव गरेको छ । जासुसीको आरोपमा २० वर्षको जेल सजाय हुनसक्ने मुद्दामा छलफलका लागि मस्को सकारात्मक देखिएको छ । आश्चर्यजनक पछिल्लो प्रस्तावपछि रुस र फ्रान्स दुवैले राष्ट्रपति भ्लादिमिर पुटिन र इमानुएल म्याक्रोँबीच सम्भावित वार्ताका लागि चासो देखाएका छन् ।