१३ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु

सुनसरी। सुनसरीको दुहबी–८ स्थित जुटमिल अगाडि कोशी राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा मोटरसाइकलको पछाडी सवार ४९ वर्षीय तीर्थनारायण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । सप्तरीको फुलहारा–३ घर भएका यादव हाल इटहरी–१३ मा रहेको रिलायन्स फ्याक्ट्रीको क्वाटरमा बस्दै आएका थिए