२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहको निर्वाचनले दलहरुलाई सचेत गराएको उपसभापति खड्काको भनाइ



अ+ अ-

चितवन । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताउनुभएको छ ।

आज  पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत केही स्थानको मतपरिणामले दलहरुलाई केही सङ्केत गरेको चर्चा गर्दै उहाँले भन्नुभयो “स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई जनताले टाढा राख्न खोजेको नभइ केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ ।” स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरुले अहिलेको निर्वाचनले गरेको सङ्केतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गर्नुभयोे ।

राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिनुभयो ।