२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आफूलाई मन पर्ने सरकार आफैँले रोज्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष’



अ+ अ-

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले आफूलाई मन पर्ने सरकार आफैँले रोज्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका छन् ।

स्थानीय निर्वाचन सम्पन्न भएको प्रसंगमा कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफूलाई मन पर्ने सरकार आँफैले रोज्न पाउनु बताउँदै यसपटकको निर्वाचनले राजनीतिक दल तथा हामी जनता सबैलाई राम्रो सन्देश दिएको प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन् ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफूलाई मन पर्ने सरकार आँफैले रोज्न पाउनु हो । यसपालीको निर्वाचनले राजनीतिक दल तथा हामी जनता सबैलाई राम्रो सन्देश दियो जस्तो लाग्छ । देशको विकासमा सथानीय सरकारको निक्कै ठूलो भूमिका हुन्छ । निर्वाचित सबै जनप्रतिनिधिलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।’