२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशमा उत्साहजनक विकास भएको छ: मुख्यमन्त्री राई



file
अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यसप्रदेशमा विकासको काम उत्साहजनक भएको बताउनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७९/८०को बजेट तर्जुमा छलफल तथा अन्तरक्रियामा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले महत्वपूर्ण योजनालाई सरकारको सिद्धान्त, प्राथमिकता एवं नीति तथा कार्यक्रममा समावेश हुने विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री राईले बजेट, नीति तथा कार्यक्रम बनाउने सरकार र कर्मचारीको दायित्व मात्र नभएर स्थानीय तहको जनप्रतिनिधि एवं सांसदको जिम्मेवारी भएको उल्लेख गर्दै जनताबाट आउने विकासका योजना नै व्यवहारिक हुने बताउनुभयो । उहाँले योजना छनोटमा जनता र सरोकारवालाको रुचाई र रोजाई हुनुपर्ने भन्दै सरकार घाटा बजेट बनाउने दिशामा नरहेको स्पष्ट पार्नुभयो ।

घाटा बजेट बनाएर आज श्रीलङ्कामा आर्थिक सङ्कट परेको भन्दै मुख्यमन्त्री राईले बजेट निर्माण अघि अझ सरोकारवालसँग घनिभूत छलफल गर्ने बताउनुभयो । अधिकार र बजेटका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँग लडाई गर्ने विचार राख्दै उहाँले भन्नुभयो, “प्रदेशमा सिँचाइ, खानेपानी, पर्यटनजस्ता क्षेत्रमा प्रगति हासिल गरेको छ ।” उहाँले गलत बाटोबाट योजना नछिर्ने र जनप्रतिनिधिलाई अझ ठोस ढङ्गले योजना ल्याउन सुझाव दिनुभयो ।

सङ्घको निजामति कर्मचारी ऐन नआएका कारण प्रदेश सरकारले कर्मचारी भर्ना गर्न समस्या रहेको स्पष्ट पार्दै मुख्यमन्त्री राईले सरकारले बहुवर्षीय र नयाँ योजनामा बजेट विनियोजन नगर्ने बताउनुभयो । प्रदेशसभा सदस्य वशन्तीदेवी यादव, शिवनारायण गनगाँई, लिलाबल्लभ अधिकारी आम नागरिकले अनुभूति गर्ने किसिमको बजेट भएमा मात्र सरकारप्रति जनताको विश्वास बढ्ने विचार व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर प्रदेशको राजधानी भए पनि पूर्वाधार विकासमा पछि परेको बताउँदै अबको पाँच वर्षमा विराटनगरले विकासमा छलाङ लगाउने विश्वास दिलाउनुभयो ।

प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले प्राकृति सम्पदा र संस्कृतिले परिपूर्ण यो प्रदेशमा प्रगतिका प्रचुर सम्भावना र अवसर छन् भत्रुभयो । आर्थिक मामिला तथा योजना सचिव सुमन दाहालले प्रदेशको वास्तविकतामा रहेर सरकारले बजेट बनाइरहेको धारणा राख्नुभयो । कार्यक्रममा मोरङका गाउँपालिका र नगरपालिकाका प्रमुख एवं उपप्रमुखले विकासका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।