२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाशमा दीपावली जस्तो दृष्य देखिने, दुई दिन ताराको वर्षा



अ+ अ-

वासिंटन । विश्वभरका अन्तरिक्ष प्रेमीहरूको लागि खुसीको खबर छ। अबको दुई दिन आकाशमा ताराहरूको वर्षा हुने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार मे ३० र ३१ तारिखमा ताउ हर्कुलिड्स उल्कापिण्डले पृथ्वीमा वर्षा गराउने भएको छ ।

नासाले करिब २० वर्षपछि पहिलो पटक आकाशमा उल्कापिण्डको यति बलियो चमक देख्न सकिने बताएको छ । नासाले यो उल्का वर्षा धूमकेतुका कारण हुने बताएको छ ।

वास्तवमा धूमकेतु भनेको बरफ र धुलोबाट बनेको वस्तु हो जसको पुच्छर पनि हुन्छ । यो सामान्यतया सूर्य वरिपरि घुम्छ।

जब यो धूमकेतु पृथ्वीको कक्षाको धेरै नजिक आउँछ, हाम्रो गुरुत्वाकर्षण बलले यसको टुक्रालाई पृथ्वीको वायुमण्डलतर्फ तान्छ। जब यी टुक्राहरू पृथ्वीको वायुमण्डलमा आउँछन्, तिनीहरू जल्छन् र यसको कारण आकाशमा तीव्र चमक देखिन्छ।

यी उल्कापिण्डहरू धूमकेतु एसडब्ल्यु–३ बाट निस्केर पृथ्वीतिर आउनेछन्। यो धूमकेतु एक शताब्दी अघि दुई जर्मन खगोलविद्वारा पहिचान गरिएको थियो। उनीहरुको नामबाट यसको नाम एसडब्ल्यु–३ राखिएको छ।

यो धूमकेतु ५.४ वर्षमा एक पटक सूर्यको परिक्रमा गर्छ तर यो ४० वर्षसम्म रहस्यमयरूपमा गायब भयो। यो सन् १९३५ र सन् १९७४ को बीचमा कम्तिमा आठ पटक अवलोकन गरिएको थियो।

यो मार्च १९७९ मा फेरि देखा पर्‍यो तर त्यसपछि यो १९९५ मा देखा पर्‍यो। त्यो समय पहिलेभन्दा ६०० गुणा उज्यालो देखिएको थियो।

यो धूमकेतु अहिले धेरै भागमा विभाजित भएको छ। नासाले मे ३१ को रातमा हरेक घण्टा एक हजार उल्का वर्षा हुने सम्भावना रहेको बताएको छ । यद्यपि यदि धूमकेतुको भग्नावशेष अलग हुने दर सुस्त छ भने पृथ्वीमा उल्का वर्षा हुनेछैन।

नासाका अनुसार मंगलबार नेपाली समयअनुसार बिहान १०ः४५ बजे पृथ्वीमा उल्कापिण्ड तीव्र गतिमा खस्नेछ । यस समयमा नेपालमा दिन परेकोले उल्कापिण्ड देख्न नसक्नु नेपालीहरूका लागि दुःखको कुरा हो।

तर यसलाई सजिलै देख्न सकिने धेरै ठाउँबाट युट्युबमा प्रत्यक्ष प्रसारण गरिने छ । अमेरिका, क्यानाडा, मेक्सिको र ल्याटिन अमेरिकामा बसोबास गर्ने मानिसले यो उल्का देख्न सक्नेछन् । एजेन्सीको सहयोगमा




भर्खरै