३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर व्यवस्थापन नहुन्जेल बैठक भत्ता लिन्नँ – ईश्वरमान डंगोल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले फोहोर व्यवस्थापन नहुन्जेल आफूले बैठक भत्ता नलिने बताएका छन् ।

काठमाडौंका नवनिर्वाचित मेयर बालेन शाहले आज राखेको नगर कार्यपालिका बैठकमा बोल्दै वडाध्यक्ष डंगोलले बैठक भत्ता नलिने घोषणा गरेका हुन् ।

‘फोहोर व्यवस्थापन नभइरहेको अवस्थामा यो बैठकको भत्ता म लिन्नँ, यो नोट गर्नुहोला । फोहोर व्यवस्थापन नभएको कारण म बैठक भत्ता लिन्नँ । पछि बैंक खातामा भत्ता भनेर नपठाउनुहोला । म अहिले नै जानकारी गराउँछु ।’

उनी वडा नम्बर १५ मा तेस्रोपटक अध्यक्ष निर्वाचित भएका हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भई वडाध्यक्ष बनेका थिए ।