२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाउजूलाई पेट्रोल छर्केर आगो लगाउने देवर पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । गत वर्ष २०७८ माघ २१ गते उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई घरमा खाना पकाइरहेको अवस्थामा जीउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।

सो क्रममा उपचारका क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो । भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए । यसैबीच पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।