२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग सांसद बस्नेतको आग्रह



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले बजेटलाई श्रेयको दौड बनाइनु नहुने बताउनु भयो । उहाँले अर्थमन्त्रीद्वारा प्रश्तुत बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने बताउनु भयो । सत्तारुढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले पपुलिष्ट बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रश्तुत गरिएको बताउनु भयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘हरेक बुँदामा यसको नियत के हो भनेर भन्नुको कुनै अर्थ छैन, यसले हामीलाई कहीँ पु¥याउँदैन । परिणाम पर्खिने धैर्यता हामी सबैले राख्नुपर्छ । किनकी हामीलाई थाहा छ विरासतमा धेरै समस्याहरु छन् र एकै वर्षमा सबै समस्या समाधान हुँदैनन् । त्यो समाधान गर्न एउटा स्पष्ट धाराणका साथ बढ्नुपर्ने दिशामा अघि बढ्नुपर्ने आजको आवश्यक्ता हो । कसले कति श्रेय लिने भन्ने कुरा त्यतातिर श्रेयको विषयमा दौडिने बजेट होइन । हामीले बजेटलाई त्यस्तो बनाइनु हुँदैन । यो विषम परिस्थितिमा सबै क्षेत्र, वर्ग, समुदायले उत्साहीत हुने गरेर नै सन्तुलित बजेट आएको छ । पपुलिष्ट बजेटको कुरा भइरहेको छ । फूलको आँखामा फूलै संसार भन्ने कुरा पनि होला । के विषयमा पपुलिष्ट ? सपना देख्ने कुरालाई पपुलिष्ट भन्ने हो भने सपना त देख्नैपर्छ ।

सामाजिक न्यायको कुरालाई पपुलिष्ट भनेको हो भने हाम्रो आर्थिक विकासको मोडल आर्थिक वृद्धि र सामाजिक न्याय नै हो । अझ प्रतिपक्षले यसलार्य पपुलिष्ट भनेर बढी चर्चा गर्नु त्यति उपयुक्त हुँदैन कि ? जस्तो मलाई लाग्छ । यो बजेट उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रश्तुत भएको छ । आर्थिक विकासको मोडल नयाँ बनाउनुपर्छ । हामीले कपीपेस्ट होइन, नयाँ मोडल बनाऔँ । आर्थिक मोडेलले सन्तुलितरुप लिएको छ । कर्णाली क्षेत्रका विकासमा क्रान्ति ल्याउने सडक विकासको कार्ययोजना छ । कर्णाली क्षेत्रमा पूर्वाधार विकासमा उल्लेख्य सुधार ल्याउनेछ यो बजेटले । नयाँ आर्थिक विकासको मोडेल हाम्रो महत्वपूर्ण कुरा हो ।’

सांसद बस्नेतले आगामी आर्थिक वर्षको बजेट आर्थिक विकासको नयाँ मोडलको रुपमा आएको पनि उल्लेख गर्नुभयो ।




भर्खरै