२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड लगानीमा बाख्रापालन



अ+ अ-

तनहुँ । गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन् । रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् । व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन् ।

हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिनुभयो । करिब एक सयको हाराहारीमा बाख्रा छन् । अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताउनुभयो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।