२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित



अ+ अ-

रियो डि जेनेरिया । ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार ब्राजिलको विशेष गरी उत्तरपूर्वी पर्नाम्बुको राज्यमा वर्षाको प्रभाव बढी परेको छ । गत सातादेखि परेको भीषण वर्षाका कारण यहाँ मृत्यु हुनेको संख्या बिहीबारसम्म १२६ जना पुगेको छ भने अझै केही बेपत्ता भएका छन् ।

यहाँका कम्तिमा पनि ९ हजार ३०० जना व्यक्ति वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौं घरमा क्षति पुर्याएको छ । यहाँका सयौँ घर भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ ।

पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो पटक भएको अधिकारीहरुले जनाएका छन् । यसअघि सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा परेर १७५ जनाले ज्यान गुमाएका थिए ।

पर्नाम्बुका २० भन्दा बढी नगरपालिकाले आपतकालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग २०० मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ ।




भर्खरै