३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा राप्रपा प्रवेशले फेरि गति लियो, वाणिज्य क्षेत्रका अगुवाहरु राप्रपामा प्रवेश



अ+ अ-

भद्रपुर । स्थानीय तहको निर्वाचन सकिनासाथ झापामा राप्रपा प्रवेश गर्ने क्रम फेरि शुरु भएको छ ।

पार्टीको विविध कार्यक्रमको सिलसिलामा झापा पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो निर्वाचन क्षेत्र नं ३ तरूण दलको अध्यक्ष तथा उधोग बाणिज्य संघ झापाका वरिष्ठ उपाध्यक्ष खड्ग लिम्बू, तरूण दल भद्रपुर नगर सचिव तथा उद्योग बाणिज्य संघको बाणिज्य उपाध्यक्ष सन्तोष धमला, नेकाका क्षेत्रीय प्रतिनिधि दिलकुमारी राई लगायतलाई पार्टीको सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराउनु भएको छ ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको र राप्रपालाई जनताले खोजेको शक्ति बन्दै गएको बताउनु भएको छ ।

राप्रपा प्रवेश गर्ने कसैले पनि कहिल्यै पश्चाताप गर्नु नपर्ने र शीर झुकाउनु पर्ने अवस्था आउन नदिने समेत बताउनु भएको छ ।