३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’



अ+ अ-

बिराटनगर। ‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम सनिबार यहाँ सम्पन्न भएको छ ।

दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो ।सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र २०७९ जारी गरिएको छ ।

सङ्घीय सरकारले कर्मचारी मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन छिट्टै जारी गर्नुपर्ने, नेपाल निजामती कर्मचारी युनियनले दिएको सुझावअनुरुप सबै सेवा समूहका सम्पूर्ण कर्मचारीको भावनाको कदर गरी प्रदेश निजामती सेवा ऐन जारी गराउन दबावमूलक अभियान सञ्चालन गरिने, सबै सेवा समूहका कर्मचारीलाई सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था गर्न पहल गर्ने, कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक तथा पूर्वानुमानयोग्य बनाउन चक्रिय प्रणाली व्यवस्था गर्नुपर्ने, कर्मचारी स्वेच्छिक अवकाश योजना पुनःकार्यान्वयमा ल्याउनुपर्ने, विनाधितो नेपाल सरकारले छुट्टै कोषको व्यवस्था गरी शून्य प्रतिशत ब्याजदरमा रु ५० लाखसम्मको सहुलियत ऋणको व्यवस्था हुनुपर्ने, कर्मचारीलाई न्यूनतमरुपमा मर्यादित जीवन निर्वाह गर्न पुग्नेगरी तलबभत्ताको व्यवस्था गर्नुपर्ने तथा तलब भत्ता स्वचालित रुपमा वृद्धि हुने प्रणाली ऐनमा नै उल्लेख हुनुपर्ने जस्ता बुँदा घोषणापत्रमा उल्लेख छन् ।

सो अवसरमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले निजामती कर्मचारी ऐन नआएका कारण प्रदेश र स्थानीय तहले धेरै समस्या खेप्नुपरेको बताउँदै सरकारले यो ऐन छिट्टै ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजामती कर्मचारी ऐन नआएमा आगामी भदौ २० गते मनाउने निजामती कर्मचारी दिवस नमनाउने भन्दै कर्मचारीको मनोबल एवं उत्साह बढाउन कर्मचारीको मागमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।रासस