२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १२.८९ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार भएको सोमबार शेयर बजारमा गिरावट आएको छ । सोमबार पनि नेप्से सूचक १२.८९ अंकले घटेर २०६५.८२ विन्दुमा झरेको छ । त्यस्तै, त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.१२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोडठ ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको छ । सोमबार कारोबारमा ८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

नेप्सेका १३ उपसमूहमा ७ उपसमूहको सूचक नकारात्मक छन् भने ६ वटा उपसमूहको सूचक सकारात्मक रहेको छ । जसमा सबैभन्दा बढी माइक्रोफाइनान्सको ०.५३ प्रतिशतले बढेको छ । भने बाँकी सकारात्मक कारोबार भएका उपसमूहको ०.५० प्रतिशत भन्दा कमले बढेको छ । यता बैंकिङ्ग उपसमूहको सूचक सबैभन्दा धेरै १.३२ प्रतिशतले घटेको छ ।

सोमबार कारोबारमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने हिमालयन बैंकको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने महुली लघुवित्तको ७.६६ प्रतिशत, नेपाल लाइफको ३.९२ प्रतिशत र मनकामना लघुवित्तको ३.९२ प्रतिशतले घटेको छ। यता भखैरै आइपीओ निश्काशन गरी कारोबार सुरु भएका उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा बढेको छ भने नारायणी विकास बैंकको पनि ६.४७ प्रतिशतले बढेको छ।

सोमबार कारोबारको आधारमा एशियन लाइफ कम्पनीको सबैभन्दा धेरै ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ६ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ ।