२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बधाई खाइरहे, शपथ खान पाएनन्



अ+ अ-

सोमबार मन्त्री पदका लागि शपथ खान ठिकठाक भएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, हिरा केसीलगायतका नेताहरू शपथ खान नपाएपछि जिल्ल परेका थिए ।

उनीहरूले आइतबारदेखि नै सोमबार आफूहरूले मन्त्रीको शपथ खाने निर्णय भएको भन्दै त्यसका लागि तयार रहेको बताउँदै आएका थिए । सोमबार बिहानैदेखि उनीहरू प्रधानमन्त्री कार्यालयबाट मन्त्री पदको शपथ खुवाउन आउने जानकारीको प्रतीक्षामा थिए, दौरा सुरुवाल कोटसमेत तयार पारिएको थियो तर दिउँसोसम्म पनि कुनै खबर नआएपछि उनीहरूको मनमा चिसो पसेको थियो।

मन्त्रीको शपथका लागि तम्तयार रहेका जीवनराम श्रेष्ठले प्राविधिक कारणले शपथ रोकिएको बताए । ‘प्राविधिक कारणले मन्त्रीको शपथ रोकिएको हो । चाँडै शपथग्रहण होला भन्ने अपेक्षा गरेका छौँ,’श्रेष्ठले भने ।

मन्त्रीमा सिफारिस भएका अर्का नेता शेरबहादुर कँवरले भने शपथग्रहणको प्रतीक्षामा रहेको र अहिले किन रोकियो भन्ने कारण आफूले थाहा नपाएको बताए । राजधानी दैनिक




भर्खरै