२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै ब्यहोर्नुपर्छः किरण पौडेल



अ+ अ-

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिदैँ राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालले मंगलबार नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागमा सवारी साधनको इम्बोस्ड नम्बर प्लेटको अस्वाभाविक मूल्‍य र सरकारको अव्‍यवहारिक रवैयाविरुद्ध विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजी सहित चर्को आलोचना गरिएको छ ।

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले यदि राज्यको सुरक्षाको लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरुलाई पोस्ने काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘राज्यको सुरक्षा गर्ने दायित्व सरकारको हो भने त्यसमा लगानी गर्ने, खर्च गर्ने बजेट पनि सरकारले जुटाउनुपर्छ । जनताको गोजीबाट लिएर लुटेको पैसाले इम्बोस्ड प्लेट हाल्ने र राज्य सुरक्षाको नाममा दोहन गरेर माफियाहरुलाई पोस्ने काम यो सरकारले गरिरहेको छ । यो इम्बोस्ड प्लेट लागु गर्ने नाममा बाहिर देखाइएको छ राष्ट्रिय सुरक्षाको हितको विषय, यातायात व्यवस्थापनको विषय तर त्यहाँ भित्र केही माफियाहरु, यसको योजना बाहिरबाट बनेको होइन ।

शेरबहादुर देउवाको निवास बुढानिलकण्ठबाट र प्रधानमन्त्री निवास बालुवाटार बाटै बनेको योजना हो यो । त्यो योजना अनुसार सेटिङका आधारमा अहिले एक महिनाभित्र सबै जनतालाई इम्बोस्ड प्लेट राख्न अनिवार्य गरिएको छ ।’

इम्बोस्ड नम्बर प्लेट जडानमा अरबौँको स्वार्थ लुकेको भन्दै युवा संघ अध्यक्ष पौडेलले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनका लागि लिखित उजुरी दिइने बताउनुभयो । विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइदैनँ, महंगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको व्यानर समेत प्रदर्शन गरिएको थियो ।