२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याद नाघेका खाद्यसामग्री राख्ने सञ्चालकलाई जरिवाना



अ+ अ-

बनेपा । जिल्ला बजार अनुगमन समितिले काभ्रेपलाञ्चोकको बनेपाका एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले उपभोक्ताले गरेको गुनासोका आधारमा अनुगमन गर्दा बनेपा नगरपालिका–७ तरकारी बजार डाँडाका रोहित श्रेष्ठलाई कारबाही गरिएको बताउनुभयो ।

बजार अनुगमनका क्रममा श्रेष्ठले सञ्चालन गरेको गोल्मादेवी अडर एण्ड सप्लायर्सले म्याद नाघेका सामान राखेको, गोदाममा सरसफाइ नगरेको तथा मूल्यसूचीसमेत नराखी सञ्चालन गरेको पाइएको छ । उनलाई रु १० हजार जरिवाना गरिएको छ । सो क्रममा पसलबाट म्याद गुज्रेका चिउरा २२ बोरा, चामल ६ बोरा र मैदा दुई बोरा बरामद गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख रामप्रसाद कुस्माका अनुसार खाद्यान्न पसल सञ्चालकले मूल्यसूची राख्नुपर्ने, गोदामको सरसफाइ गर्नुुपर्ने र म्याद गुज्रेका सामानको व्यवस्थापन गर्नुपर्ने, होटलले सरसफाइमा ध्यान दिनुपर्ने, मूल्यसूची राख्नुपर्ने तथा दर्ता र नवीकरण गर्नुपर्ने विषयमा सचेत गराइएको छ । उद्योगबाट उत्पादन गरेको जार र बोतलमा मिति स्पष्ट हुनुपर्ने, पुरानो जार प्रयोग बन्द गर्नुपर्ने, पानीको गुणस्तर निरन्तररूपमा जाँच गर्नुपर्नेलगायत विषयमा सचेत गराइएको कुस्माले बताउनुभयो ।