३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’ अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार किसानलाई मलको व्यवस्था गर्न चाहेन – योगेशकुमार भट्टराइ



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाउनु भएको छ ।

बालिनाली लगाउने बेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको सचिव भट्टराईको गम्भिर आरोप छ । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले ‘माल’ नआई सरकारले मल नल्याउने जिकीर समेत गर्नु भयो । मलको खोजीमा कृषिमन्त्री भारत गएको उल्लेख गर्दै सचिव भट्टराईले मल आउँछ कि आउँदैन भनेर प्रश्न समेत लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘आज बालीनाली लगाउने बेला छ । मलको हाहाकार छ । मल छैन । हामीले सुनि राखेकाछौं–मल खोज्न कृषिमन्त्री भारततिर जानु भएको छ । कहाँ पुग्नु भयो ? उहाँको हालखवर के छ ? मल आउँछ कि आउँदैन ? लिएर आउनु हुन्छ कि हुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि ? भन्ने आशंका पनि छ यहाँ, सभामुख महोदय । अर्को कुरा, मल आउँछ । तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजी रहेको छ । जवसम्म माल आउँदैन, तबसम्म मल आउनेवाला छैन । त्यसकारण हामीले मल खोजको हो सभामुख महोदय । मालको पछाडि लाग्न खोजको होइन हामीले । म, त्यो कुरा स्पष्ट गर्न चाहन्छु ।’

सचिव भट्टराईले मलको हाहाकार हुँदा पनि सरकार गम्भिर नभएको पटकपटक दोहो¥याउनु भयो ।