२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह



अ+ अ-

संयुक्त राष्टसङ्घ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।

सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव भएको र यहाँका नागरिकमा कुपोषणजस्ता समस्या देखिएकोले सहयोगका लागि तत्कालै पहल गर्न विश्व समुदायलाई आग्रह गरिएको हो ।
सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयतासम्बन्धी निकायका प्रमुख आदम अब्देलमौलाले सो आग्रह गर्नुभएको हो ।

उहाँले सोमालियमा लामो समयदेखिको खडेरीका कारण पनि खाद्यान्न उत्पादन हुन छोडेको धेरै समय भएको भन्दै अहिले नै यहाँका सयौँ हजार नागरिकमा खाद्यान्न अभाव देखिएकाले तत्कालै सहयोगको खाँचो रहेको बताउनुभएको हो ।

निकै लामो समयदेखि हिंसामा फसेको यस देशमा यो वर्षको सुरुदेखि नै भोकमरी सुरु भएको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ– अहिले नै सोमालियाका लागि केही नगर्ने हो भने यहाँका नागरिक ठूलो भोकमरीमा परेका छन्, त्यसैले विश्व समुदायले यसतर्फ सोच्नुपर्ने अवस्था देखिएको छ ।

सोमालिया लामो समयदेखि जातीय द्वन्द्वमा फसेको छ । यहाँ अहिले केही वर्षयता देखि खडेरी आदि समस्याले गर्दा भोकमरी पनि सुरु भएको बताइएको छ ।




भर्खरै