२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायम रहन्छः माधवकुमार नेपाल



file photo
अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताउनु भएको भएको छ ।

अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताउनु भएको हो । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भईरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नु भयो । गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो ।

उहाँले भन्नु भयो, ‘अव यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आपसी अविश्वास कसरी बढोस भनेर अनेकखालका प्रयत्नहरु पनि भएका होलान । तर त्यसको पछाडि हामी लाग्नु हुँदैन । हामी इमान्दारिताका साथ चल्छौं । तर कमजारी भएका छन भने त्यसको आलोचना पनि गर्छौं । हामीलाई एकल्याउन खोजिएको छ भने त्यसो आलोचना गर्छौंं । आफ्नो अडानमा दृढताका साथ उभिन्छौं । हामी अडानमा नभिने, अरुले पेल्यो भनेर रुने यस्तो काम गर्न हुँदैन । त्यसले हाम्रो कमजोरी झल्किन्छ । तथ्यको आधारमा, तर्कको आधारमा आफ्नो कुरालाई पुष्टि गर्न सक्नुपर्दछ । चाहिने दुईटा कुरा हो–पहिलो तथ्य हो, दोस्रो तर्क हो । सक्दैसक्दैनौं ।’

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा शान्दार ढंगले सफलता हासिल गरेको बताउनु भयो । उहाँले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराउनु भयो । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाई थियो ।

उहाँले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘अव दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं । मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ । यथोचित मूल्यांकन हामी गरौंला । राम्रो कामको निम्ति धन्यवाद दिनेछौं । कमजोरीलाई ध्यानमा राखेर अव जाने टिमले राम्रो काम गरोस भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाई छ ।’

अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।