३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान



अ+ अ-

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्‌डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको सैनिकलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७९ जेठ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सैनिकलाई आज दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । सहायक रथी श्री दिपक कुमार बानियाँ, सहायक रथी श्री होमनाथ दवाडी र सहायक रथी श्री यामप्रसाद ढकालले दर्ज्यानी चिन्ह पाउनुभएको छ ।

पदोन्नती हुनु भएका उपरथी श्री दिपक कुमार बानियाँ श्री नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति हुनुभएको छ । त्यसैगरी उपरथी श्री होमनाथ दवाडी श्री निरीक्षणाधिकृत विभागका विभागीय प्रमुखमा र उपरथी श्री यामप्रसाद ढकाल श्री युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति हुनुभएको छ ।

नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा, मन्त्रीपरिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नती हुनु भएका दुई जना महा सेनानीहरुलाई प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो ।