३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध



Nepali Congress
अ+ अ-

धनुषा । जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित हुनुभएको छ ।

बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित हुनुभएको छ ।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापामगर, फगु यादव, महिला सदस्यमा गीतादेवी यादव, विकादेवी मिजार, सोनितादेवी सदा र दलित तथा अल्पसङ्ख्यक सदस्यमा महेन्द्र महतो निर्वाचित हुनुभएको छ । जिसस सदस्यमा पनि कांग्रेसको मात्रै उम्मेदवारी परेको थियो ।