२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा नभएपछि बन्चरेडाँडा गएनन् फोहोरका गाडी



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सुरक्षाको प्रत्याभूति नहुँदा बिहीबार बिहान काठमाडौँको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइट पठाइएको छैन । सुरक्षाको व्यवस्था नभएपछि फोहोरका गाडी बन्चरेडाँडा पठाउने वा नपठाउने भन्नेबारे अन्योल छ ।

बुधबार स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीसमेत घाइते भएपछि फोहोर लिएर गएका गाडीहरु फोहोर विसर्जन नगरी काठमाडौँ फर्केका थिए ।

बुधबार स्थानीयवासीले गाडी नै तोडफोड गरेपछि सुरक्षा व्यवस्था सुदृढ बनाएर मात्र फोहोरका गाडी पठाउनेबारे छलफल भइरहेको काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपति सापकोटाले बताए ।

बुधबार केही स्थानीयवासी पनि झडपमा परी घाइते भएका थिए । प्रहरीले समेत सुरक्षा दिन नसकेपछि फोहोरका गाडी फर्काइएको थियो ।

केही दिनअघि शहरी विकास मन्त्रालय, काठमाडौँ नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारदेखि काठमाडौँको फोहोर विसर्जन गर्ने सहमति भएको थियो । तर स्थानीयवासीले आफ्ना माग पूरा नभएसम्म फोहोर विसर्जन गर्न नदिने भन्दै अवरोध गरिरहेका छन् । उनीहरुले त्यस्तो सहमति नमान्ने बताउँदै आएका छन् ।

सहमतिअनुसार स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी धुनीबेँसी नगरपालिकाको वडा नं १, ३ र ४ तथा ककनी गाउँपालिकाको वडा नं १, २ र ३ का स्थायी बासिन्दाको स्वास्थ्य बीमा एका साताभित्रै काम सुरु गर्ने, ती क्षेत्रलाई विगतदेखि उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने र १० दिनभित्र ल्यान्डफिल साइटमा रसायन छर्केर दुर्गन्ध हटाउने प्रतिबद्धता काठमाडौँ महानगरपालिकाले गरेको थियो ।

साथै असार मसान्तपछि फोहोर उठाउने स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने समेत महानगरपालिकाले प्रतिबद्धता गरेको थियो । सो समयसम्मका लागि काठमाडौँ महानगरमा थुप्रिएका फोहोरलाई लगेर ल्यान्डफिल साइटमा फालेपछि माटोले उचित तरिकाले पुर्नेसमेत सहमति भएको थियो ।

त्यस्तै वातावरणीय प्रभाव मूल्यांकनका आधारमा छ महिनाभित्र सिसडोलको डम्पिङ साइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्ने पनि महानगरले प्रतिबद्धता जनाएको थियो ।

तर उक्त सहमतिमा विरोध जनाउँदै स्थानीय बासिन्दाले केही जनप्रतिनिधिलाई लोभ र त्रास देखाएर हस्ताक्षर गराएको बताएका छन् । उनीहरुले  सहमति गर्दा संघर्ष समितिलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।




भर्खरै