३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङको धुनिबेँसीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

धादिङ । धादिङको धुनिबेँसीमा आज ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

धुनिबेँसी नगरपालिका–६ स्थित चालिसेमा ट्रकको ठक्करबाट गोर्खाको गण्डकी गाउँपालिका–५स्थित दरबुङ घर भएकी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना ८ ख ५१७३ नं को ट्रकको ठक्करबाट सख्त घाइते विकको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।