२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंद नवीना लामाको प्रश्न: पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा किन चाहियो ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद नवीना लामाले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड खारेज गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले समयमै पाठ्यपुस्तक पठाउन नसकेको जनक शिक्षालाई खारेज गर्दै पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने माग गर्नुभयो ।

जनक शिक्षा सामग्रीलाई बचाउने नाममा विद्यार्थीहरुले समयमा कहिल्यै पुस्तक नपाएको भन्दै अहिले पनि कक्षा ६ र ८ को पुस्तक अभाव रहेको बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, “यदि छाप्न र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री किन चाहियो ?”, उहाँले प्रश्न गर्दै भन्नुभयो, “सरकारले किन पैसा दिइरहने ? खारेज गरौँ ।”

कागज ल्याउने ठेक्का लिनेले किन कागज ल्याउन नसकेको भन्दै उहाँले बेलैमा कागज किन्न नसक्ने र छाप्न नसक्ने जनक शिक्षा सामग्रीलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । सांसद लामाले वैकल्पिक उपाय खोजेर भए पनि अब पुस्तक छाप्ने काम निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो ।