२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग



अ+ अ-

काठमाडौं। राष्ट्रिय सभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताउनुभएको हो । मतदान गर्न पाउनु नागरिकको नैर्सगिक अधिकार भएको उल्लेख गर्दै उहाँले विदेशीएका नेपालीहरुले सो अधिकार गुमाइरहेका बताउनुभयो । उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार दिनुपर्छ भनेर सर्वोच्च अदालतले २०७५ भदौ महिनामा फैसला गरेको छ । स्थानीय तहको निर्वाचन हामीले गरिसक्यौँ । नागरिकको सबभन्दा ठुलो अधिकार भनेको मतदान गर्ने अधिकार हो । मतदान गर्न पाउने उसको नैर्सगिक अधिकार हो । मौलिक हकमा पनि छ । नैर्सगिक अधिकारलाई नेपाली नागरिकले गुमाइ राखेका छन् । विदेशमा बस्ने नेपालीहरुले यदी त्यही देशको नागरिकता लिएको छ र हाम्रो मुलुकको नागरिकता छोडेको छ भने अर्कै कुरा हो ।

नभए बाध्यतावश सबै नागरिकहरु यहाँ आएर मतदान गर्न सक्दैनन् । विदेशमा बस्ने नेपालीले मताधिकार गर्ने अधिकार नपाउनु भनेको गम्भिर विषय हो । त्यसैले कुल मतदाताको २० प्रतिशत प्रवासमा बसेका छन् । म गम्भिरताका साथ आफ्नो कुरा सम्माननीय अध्यक्ष मार्फत् सम्बन्धित निकायमा राख्न चाहान्छु । ति नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले उपयुक्त छैन ।’

उहाँले किसानहरुलाई मलको अभाव भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।




भर्खरै