२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालिकाका प्रमुख साह क्षत्रपाटी निःशुल्क चिकित्सालयमा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिनुभएको छ । क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

महानगर प्रमुख साहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिनुभयो । शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेण्डा हो यसलाई सेवाकै रुपमा लिनुपर्छ व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस् आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उहाँले बताउनुभयो ।

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाउनुभयोे । अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालले जनाएको छ । रासस