२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद चौधरीको आरोप– कृषिमन्त्रीका कारण सरकार र कांग्रेसको बेइज्जत भयो



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले कृषिमन्त्रीका कारण सरकार र नेपाली कांग्रेको बेइज्जत भएको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा उनले किसानहरुले मल नपाएर छटपटाइरहेको बेला कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव भारत भ्रमणमा निस्किएको बताइन् । यसबाट सरकार र नेपाली कांग्रेसको बेइज्जती भएको उनको भनाइ थियो ।

संसद्मा नेकपा (एमाले) ले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले सत्तारुढ गठबन्धनले राम्रो मान्छेलाई मन्त्री नबनाएको जिकिर गरिन् ।

हिजो प्रधानमन्त्रीले चाहेर पनि एक्लै काम गर्न नसकेको बताउनुभएको स्मरण गराउँदै उनले यस्ता काम गर्न नसक्ने मन्त्रीका कारण प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापतिले काम गर्न नसक्नुभएको बताइन् । उनले भनिन्, “बेइज्जत त हाम्रै कांग्रेसको हुन्छ नि, नेतृत्व हाम्रो छ ।”




भर्खरै