३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल इञ्जिनियरिङ कलेजको ५० करोड ठगी मुद्दामा ६ जना आरोपीले पाए सफाइ



अ+ अ-

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दामा आरोपित लम्बोदर न्यौपानेसहित ६ जनाले सफाइ पाएका छन् ।

कलेजका प्राचार्य डा‍. हरिकृष्ण श्रेष्ठको जाहेरीका आधारमा २०७७ साल पुस २८ गते जिल्ला अदालत भक्तपुरमा दर्ता भएको थियो ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासले अन्तिम आदेश दिदैँ दाबी नपुग्ने ठहर गर्दै न्यौपानेसहित ६ जनालाई सफाइ दिएको हो ।

न्यौपानेसहित ६ जनाले कलेजबाट ५० करोडभन्दा बढी रकम ठगी गरेको दाबी मुद्दामा गरिएको थियो ।

सामाजिक संस्थाका रूपमा दर्ता भएको सो कलेजको स्थापना कालदेखि हालसम्म भएको अनियमितताका आधारमा न्यौपानेबाट मात्रै ३३ करोड ७५ लाख १७ हजार ६ सय ४६ रुपैयाँ असुल उपर गराउन मुद्दामा मागदाबी गरिएको थियो ।

यसैगरी, प्रतिवादीहरू लवराज भट्टराईबाट ६ करोड ३४ लाख, रामरत्न उपाध्यायबाट ४ करोड ७० लाख, उपेन्द्र गौतमबाट ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठबाट २८ लाख ६४ हजारसमेत असुल उपर गराउने मागदाबी थियो ।