३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश नं एक, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश १, मधेश, बागमती र गण्डकीलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि मौसम सफा भई प्रदेश नं १ का धेरै, मधेश, बागमती र गण्डकीका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमवर्षाको सम्भावना रहेको छ । प्रदेश नं एक तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, मधेश, बागमती र गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले औँल्याएको छ ।