३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोलाप्रथाबाट चितवनको जिसस प्रमुखमा एमालेका अधिकारी विजयी



अ+ अ-

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा (एमाले) का नारायण अधिकारी विजयी भएका छन् । मंगलबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धन र एमालेको बराबर मत आएको थियो ।

मत बराबर भएपछि गरिएको गोलाप्रथामा एमालेका अधिकारी निर्वाचित भएका हुन् । मतदान प्रक्रियामा जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।

जिसस प्रमुखका लागि भएको मतदानमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र विजयी अधिकारीले समान सात मत पाएका थिए । त्यसपछि गोलाप्रथा गरिएको थियो ।

जिसस उपप्रमुखमा भने नेकपा (एकीकृत समाजवादी) की कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भइन् । चितवनका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।