२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान फर्कने तयारीमा पूर्वराष्ट्रपति मुसर्रफ



अ+ अ-

एजेन्सी । स्वास्थ्यसम्बन्धी जटिल समस्याका कारण विगत तीन सातादेखि दुबईको अस्पतालमा उपचारारत पूर्वराष्ट्रपति एवं सेना प्रमुख जनरल परवेज मुसर्रफ स्वघोषित निर्वासनबाट स्वदेश फर्कने तयारीमा रहेका भ्वाइस अफ अमेरिका (भीओए)ले जनाएको छ ।

उनासी वर्षीय पूर्वजनरललाई स्वदेश फर्कने अनुमति दिने व्यवस्था गरिएको उच्च सरकारी अधिकारीहरूले बताए पनि उनी कहिले पाकिस्तान फर्कन्छन् भन्ने मिति भने सार्वजनिक भएको छैन । मुसर्रफको परिवार र चिकित्सकहरूको सहमतिमा एयर एम्बुलेन्सबाट उनलाई पाकिस्तान ल्याउने तयारी भएको भीओएले जनाएको छ ।

उपचारका लागि जमानतमा विदेश जान अनुमति पाएका मुसर्रफ सन् २०१६ देखि संयुक्त अरब इमिरेट्समा बस्दै आएका थिए । त्यतिबेला उनीमाथि देशद्रोहको मुद्दा चलिरहेको थियो । पछि उच्च अदालतले उनीविरुद्धको मुद्दा खारेज गरेको थियो ।

गत साता सञ्चारमाध्यमहरूमा उनको बिग्रिएको स्वास्थ्यस्थितिबारे समाचार सार्वजनिक गरेका थिए । ती समाचारको खण्डन गर्दै मुसर्रफको परिवारले स्वास्थ्यलाभ हुने कठिन चरणबाट उनी गुज्रिरहेका बताएका थिए ।

यसैबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पूर्वराष्ट्रपतिको स्वास्थ्यलाई दृष्टिगत गरी उनको स्वदेश आगमनमा कुनै अवरोध नहुने बताएका छन् । विगतका घटनालाई लिएर उनलाई घर फर्कनबाट रोक्न नहुने बताउँदै ‘अल्लाहले उनलाई स्वस्थ पारुन् ताकि उनले आफ्नो बाँकी जीवन सम्मानका साथ बिताउन सकून्’ रक्षामन्त्री आसिफले ट्विट गरेका छन् ।

सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरिफको सरकारलाई अपदस्थ गरी जनरल मुसर्रफले रक्तपातविहीन सैनिक विद्रोह गरेर सत्ता कब्जा गरेका थिए । उनले पछि आफूलाई राष्ट्रपति घोषणा गरे । सन् २००८ को आम निर्वाचनमा पराजित भएपछि नयाँ संसद्ले आफूमाथि महाभियोग लगाएर पदच्युत गर्ने निश्चित भयो र त्यसबाट बच्न उनले पदत्याग गरेका थिए ।